PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एमालेको चुनावी गठबन्धनलाई कांग्रेस प्रवक्ता महतले भने : अपवित्र गठबन्धन, यसलाई रोक्नुछ



पहिलोपोस्ट

एमालेको चुनावी गठबन्धनलाई कांग्रेस प्रवक्ता महतले भने : अपवित्र गठबन्धन, यसलाई रोक्नुछ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमालेको चुनावी गठबन्धनलाई अपवित्र गठबन्धन भएको आरोप लगाएका छन्। सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो आरोप लगाएका हुन्।

संविधान रक्षाका लागि अहिले अग्रगामी पार्टीहरुसँग गठबन्धन आवश्यको भएको उल्लेख गर्दै महतले एमालेले प्रतिगामी गठबन्धनको मोर्चा कसेको तर्क गरे।

'हामी झुटा प्रचार गर्दैनौं। विपक्षीले अनर्गल प्रचार गरिरहेका छन्। यसलाई चिरौ,' प्रवक्ता महतले भने, 'संविधान रक्षाका लागि गठबन्धन आवश्यक छ। ओलीको अपवित्र गठबन्धनलाई रोक्नुछ।'

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिब समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।

प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा ७४ सिट गठबन्धनका सहयात्रीलाई छाडेको र बाँकी ९१ मा कांग्रेस लड्दैछ। प्रदेशमा १५३ सिट गठबन्धनका अन्य दललाई छाडेको र बाँकी काँग्रेसले पाएको प्रवक्ता महतले बताए।

कांग्रेस गठबन्धनमा गएसँगै एमालेले पनि विभिन्न क्षेत्रमा विभिन्न दलसँग चुनावी तालमेल गरेको छ। जसपा, राप्रपा, राप्रपा नेपाल, नेपाल परिवार दल, जनता प्रगतिशील पार्टीसँग एमालेले विभिन्न ठाउँमा चुनावी तालमेल गरेको हो।

कांग्रेसले चुनावमा उडन्ते र हावादारी कुरा नगर्ने उल्लेख गर्दै महतले कांग्रेस सरकारमा आउनेवित्तिकै कतिपय समस्याहरु समाधान भएको दाबी गरे। 'ओलीका उडन्ते कुरा र कल्पनाका उडान पूरा भएन। कोभिड, परराष्ट्र नीति हचुवा थियो,' उनले भने, 'काँग्रेस आउने बित्तिकै समस्याहरु रोकिए। साढे तीन वर्ष र काँग्रेस नेतृत्वको सरकारको काम हेर्नुस्। स्वास्थ्यदेखि शिक्षा सम्म परिवर्तन आएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell