PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतको नयाँ प्रधानमन्त्री



पहिलोपोस्ट

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतको नयाँ प्रधानमन्त्री
फोटो : AP

लिज ट्रसले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। बोरिस जोन्सनपछि पेन्नी मोर्डनटले पार्टीभित्र प्रधानमन्त्री बन्न हुने प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेसँगै ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ।

आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री भएको ४५ दिनमा नै राजीनामा दिँदा सुनकको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। बोरिस जोन्सनले राजीनामा दिएपछि पार्टीभित्र भएको आन्तरिक चुनावमा सुनकलाई हराउँदै ट्रस टोरी लिडर बनेकी थिइन्। तर पार्टीभित्रकै सदस्य र सांसदहरुले विद्रोह गरेपछि ट्रस बेलायतमा सबैभन्दा कम समय कार्यभार सम्हाल्ने प्रधानमन्त्री बन्न पुगिन्।

सुनकमाथि बेलायतमा बढ्दो आर्थिक अस्थिरतालाई नियन्त्रण गर्न र पार्टीभित्रको सन्तुलन मिलाउनु पर्ने चुनौती छ।

यससँगै ऋषि बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। उनको पूर्खा भारतबाट अफ्रिका हुँदै बेलायत पुगेका थिए। ऋषिको जन्म भने बेलायतमै भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell