A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a6d2be062f1b1.96241516): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a6d2be062f1b1.96241516,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई, नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन तत्पर
PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई, नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन तत्पर



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई, नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन तत्पर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा ऋषि सुनकलाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत सुनकलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै उनको कार्यकालमा लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन र काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक नयाँ प्रधानमन्त्री चयन भएका हुन्।  सुनकले आज राजा चार्ल्स तृतीयसामु सपथ लिँदैछन्।

आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री भएको ४५ दिनमा नै राजीनामा दिँदा सुनकको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। बोरिस जोन्सनले राजीनामा दिएपछि पार्टीभित्र भएको आन्तरिक चुनावमा सुनकलाई हराउँदै ट्रस टोरी लिडर बनेकी थिइन्। तर पार्टीभित्रकै सदस्य र सांसदहरुले विद्रोह गरेपछि ट्रस बेलायतमा सबैभन्दा कम समय कार्यभार सम्हाल्ने प्रधानमन्त्री बन्न पुगिन्।

सुनकमाथि बेलायतमा बढ्दो आर्थिक अस्थिरतालाई नियन्त्रण गर्न र पार्टीभित्रको सन्तुलन मिलाउनु पर्ने चुनौती छ।

यससँगै ऋषि बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। उनको पूर्खा भारतबाट अफ्रिका हुँदै बेलायत पुगेका थिए। ऋषिको जन्म भने बेलायतमै भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell