PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

प्रतिनिधि सभाका उम्मेदवारले तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने, प्रदेश सभाकाले एउटामात्र



पहिलोपोस्ट

प्रतिनिधि सभाका उम्मेदवारले तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने, प्रदेश सभाकाले एउटामात्र

काठमाडौं : प्रतिनिधि सभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन्।

७ बुँदे निर्देशान जारी गर्दै निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले ३ वटा सम्म सम्पर्क कार्यालय खोल्न पाइने जनाएको हो। प्रदेश सभाका उम्मेदवारले भने एकवटा निर्वाचन कार्यालय मात्रै खोल्न पाउने छन्।

'प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेश सभा सदस्य उम्मेदवारले एक वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन्,' निर्देशनमा भनिएको छ।

उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने भएका छन्। सम्पर्क कार्यालयको भाडा भने निर्वाचन खर्चमा जोडिने आयोगले जनाएको छ।

'घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने,' आयोगले भनेको छ।

सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell