45.jpg)
काठमाडौंः आसन्न निर्वाचनमा शीर्ष नेताहरुलाई निर्वाचित नगराउन अपिल गर्र्दै सार्वजनिक भएका फेसबुक पेजहरु बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। ‘नो नट अगेन’का नामबाट सञ्चालित पेजहरुमा शीर्ष नेताहरुलाई योपटक नतिजाउन अपिल गर्ने गरिएको छ। यसअघि पटक निर्वाचित भई कार्यकारी पदमा पुगेका व्यक्तिहरु लक्षित उक्त पेजहरु बन्द गर्न आयोगले निर्देंशन दिएको हो।
आयोगले उक्त पेजमा भ्रमपूर्ण अभिव्यक्ति र लाञ्छानापूर्ण अभिव्यक्ति दिएको भन्दै बन्द गर्न निर्देशन दिएको हो। उक्त गतिविधि विद्युतीय कारोबार ऐन विपरीत भएको भन्दै कारबाहीको चेतावनी पनि आयोगको छ।
उक्त कसरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद तथा दुबै सजाय हुनसक्ने तर्फ पनि आयोगले सचेत गराएको छ।