PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जहरसिंपौवामा सांगीतिक कार्यक्रम



पहिलोपोस्ट

जहरसिंपौवामा सांगीतिक कार्यक्रम

काठमाडौं : काठमाडौंको पर्यटकीय नगरी जहरसिं पौवामा भाईटीकाको दिन सांगीतिक कार्यक्रम हुँदैछ। जहरसिंह पौवा युवा क्लबको आयोजनामा शंखरापुर नगरपालिका वडा ३ स्थित पौवा चोकमा दिउँसो २:०० कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा रचनात्मक र सिर्जनात्मक प्रस्तुति रहने आयोजक क्लबका सल्लाहकार एवं युवा नेता किशोर घ्लान तामाङले जानकारी दिए। कार्यक्रममा चर्चित गायक विश्व दोङ तामाङ, निशा लामा, प्रतीक मोक्तान, रिना थापामगर, सीता केसी, बलबहादुर वाईबा, कृष्ण रोउसेलगायतको प्रस्तुति रहने क्लबका अध्यक्ष काले तामाङ 'किरण'ले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell