PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

लेटरप्याड र मुद्रामा नेपाल संवतको प्रयोगबारे छलफल गर्न तयार छु : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

लेटरप्याड र मुद्रामा नेपाल संवतको प्रयोगबारे छलफल गर्न तयार छु : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रयोगलाई विस्तार गर्न सरकार तयार रहेको बताएका छन्। नेपाल संवत् ११४३ को अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा देउवाले नेपाल संवतको प्रचार र प्रवर्द्धन गर्न सरकारले प्रयास गर्ने बताएका हुन्।

आजबाट नेपाल संवत् ११४३ सुरु भएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो।

सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन। आजको कार्यक्रममा सम्बोधन गर्दे देउवालले नेपाल संवतलाई व्यवहारिक प्रयोगमा ल्याउने बताएका हुन्।

कार्यक्रममा देउवा सामु नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले नेपाल संवतको प्रयोग सरकार र राष्ट्र प्रमुखको लेटरप्याड, सरकारी कागजपत्रमा हुनुपर्ने, मुद्रामा नेपाल संवतको पनि प्रयोग हुनुपर्ने, सातै प्रदेशमा शालिक स्थापना गर्नुपर्ने, नेपाल संवतको प्रतिष्ठान स्थापना हुनुपर्ने, सरकारले नै नेपाल संवतको पात्रो निकालुपर्ने लगायतका माग राखिएका थिए। यसबारेमा देउवाले आफू सल्लाह गर्न तयार रहेको बताएका हुन्। खासगरि देउवाले तत्काल गर्न सकिने सरकार र राष्ट्रप्रमुखको लेटरप्याड र नेपाली मुद्रामा नेपाल संवतको प्रयोगबारे गर्नेबारेमा छलफल गर्न तयार रहेको बताएका हुन्।

देउवाले नेपाल संवत राष्ट्रीय मौलिक संवत भएको भन्दै यसको संरक्षणमा सरकार लाग्ने पनि बताए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमखु बालेन्द्र शाह (बालेन)ले नेपाल संवतको उद्गमस्थलको संरक्षणबारे केन्द्र सरकारसँग छलफलमा रहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell