PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

यी ५५० जनाको नाम हट्यो समानुपातिकको बन्द सूचीबाट



पहिलोपोस्ट

यी ५५० जनाको नाम हट्यो समानुपातिकको बन्द सूचीबाट

काठमाडौं : निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक तर्फको बन्द सूचीबाट हटाएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ६ हजार ४५७ जनाको नाम दलहरुले समानुपातिकतर्फको बन्द सूचीका लागि बुझाएका थिए। 

स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै आयोगले गरेको जरिवाना नतिर्ने ३ सय ६९ जनासहित ५५० जनाको नाम हटाइएको आयोगले जनाएको छ। 

प्रतिनिधि सभाको समानुपातिकमा २३ जनाको २५ वर्ष उमेर नपुगेका कारण उम्मेदवारी खारेज भएको छ। प्रदेश सभामा उमेर नपुगेकाको संख्या २९ छ। दोहोरो उम्मेदावरीका कारण ६६ जनाको उम्मेदवारी खारेज भएको हो। 

महिला पुरूषको विवरण फरक परेका ३७ जना, गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि बन्दसूचीबाट हटाइको छ।

लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जनाको नाम पनि बन्दसूचीबाट हटाइएको छ। 

प्रतिनिधिसभाको बन्द सूचीबाट को को हटे ?

 

प्रदेशसभाको बन्द सूचीबाट को को हटे ?


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell