PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

नेपाल संवत ११४३ को स्वागतमा उल्लासले भरियो वसन्तपुर

नेपाल संवत ११४३ को स्वागतमा उल्लासले भरियो वसन्तपुर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौ| : आजबाट नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४३ सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ।

नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्‍याली निकालियो। वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो।

आज दिनभरी नै उपत्यकामा नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ। आज बेलुकी नेवार समुदायले म्ह: पूजा गर्दैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell