PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

विष्णु पौडेलसँग सत्ता गठबन्धनले केशव थापालाई भिडाउने, जनमुक्तिका उम्मेदवारलाई गर्‍यो समर्थन



पहिलोपोस्ट

विष्णु पौडेलसँग सत्ता गठबन्धनले केशव थापालाई भिडाउने, जनमुक्तिका उम्मेदवारलाई गर्‍यो समर्थन

बुटवलः रुपन्देही क्षेत्र नम्बर -२ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने भएको छ। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेपछि गठबन्धनले थापालाइ समर्थन गरेको हो।

थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन्।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै थापालाई साझा उम्मेदवार बनाउने जनाएका हुन्।

कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो।

निर्णयविरुद्ध गुरुङ सर्वोच्च पुगे पनि पक्षमा आदेश भएको थिएन। सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयनमा आएको थियो। अन्तरिम अस्वीकारसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell