PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका, प्रधानमन्त्री देउवाले पनि लगाएनन्



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका, प्रधानमन्त्री देउवाले पनि लगाएनन्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell