PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कस्तो रह्यो कलाकारको भाइटीका?



पहिलोपोस्ट

कस्तो रह्यो कलाकारको भाइटीका?

आज भाइटीका। नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यस पर्वलाई धुमधामका साथ मनाएका छन्। नायिका केकी अधिकारीले आफ्नो दाजुभाइसँग टीकापछिको रमाइलो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बिहेपछिको यो उनको पहिलो भाइटीका हो।

नायिका वर्षा राउतले पनि आफ्ना भाइहरु कौशल राउत र सफल राउतसँग भाइटीका लगाएको फोटो इन्स्टामा सेयर गरेकी छिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Barsha Raut (@barsharaut_)

 

निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर आफ्नो दाजुभाइलाई टीका लगाइदिएकी छिन्। निरौलाले भाइटीकाका सटहरु फेसबुकमा सेयर गरेकी छिन्।

नायक अनमोल केसीले आफ्नी काकाकी छोरी प्रिन्सु केसीसँग सिनामंगलमा टिका लगाएका छन्।

चुनावी दौडमा रहेकी नायिका रेखा थापाले मोरङमै टीका लगाएकी छिन्। उनले आफ्नो फोटोहरु फेसबुकमा सेयर गरेकी छिन्।

निर्देशक दीपकराज गिरीले पनि आफ्नो भाइटीकालाई सामाजिक सञ्जालमा सेयर गरेका छन्।

गायक प्रमोद खरेलले पनि आफ्नो भाइटीकालाई फेसबुकमा सेयर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell