जलेश्वर : महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म बिहीवार अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको जनाइएको छ।
उक्त स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ,र्याली, सभा गर्न नपाउने तथा थप धनजनको क्षति हुन नदिनका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ।