PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

एलन मस्क ट्वीटरको हेडक्वाटरमा, सीइओसहित केही उच्च अधिकारीलाई गरे बर्खास्त



पहिलोपोस्ट

एलन मस्क ट्वीटरको हेडक्वाटरमा, सीइओसहित केही उच्च अधिकारीलाई गरे बर्खास्त

अमेरिकी मिडियाहरुको दाबीअनुसार अनेकौ विवाद र आरोपप्रत्यारोपछि इलन मस्कले ट्वीटर किनेका छन्। विश्वकै धनाढ्य मस्कले ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर किन्ने डिल गरेका थिए।

न्युयोर्क टाइम्स र सिएनएनले स्थानीय समयअनुसार बिहीवार राति मस्कले ट्वीटर आफ्नो स्वामित्वमा लिएका हुन्। ट्वीटर स्वामित्वमा लिनसाथ मस्कले सिइओ पराग अग्रवालसहित दुई वरिष्ठ मेनेजरलाई बर्खास्त गरेका छन्। यसबारे ट्वीटरले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

भारतीय मुलका अग्रवाल नोभेम्बर २०२१ मा ट्वीटरको सिइओमा नियुक्त भएका थिए। न्युयोर्क टाइम्सले भने ४ जना उच्च अधिकृतहरुलाई हटाएको जनाएको छ।

मस्क बुधवार ट्वीटरको हेडक्वाटर पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell