काठमाडौं : सत्ता गठबन्धनले चुनावी तालमेल भएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। सत्ता गठबन्धनमा रहका ४ दल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबिच चुनावी तालमेल भएको हो। तालमेल भएको ठाउँमा मतदान गर्न अपिल गर्दै गठबन्धनले शुक्रबार तालमेल नभएका ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्न अपिल गरेको छ।
कुन ठाउँमा भएन गठबन्धन?
सत्ता गठबन्धनमा तालमेल नभएको क्षेत्र काठमाडौं-१० रहेको छ। कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रका अन्जना विशंखेबिच मित्रवत प्रतिस्पर्धा हुने गठबन्धनले जनाएको छ।
सर्लाही-२ बाट नेकपा माओवादी केन्द्रबाट महिन्द्रा राय यादव र लोसपाबाट राजेन्द्र महतोबिच पनि प्रतिस्पर्धा हुने भएको हो।
धनुषा २ मा रामकृष्ण यादव कांग्रेसबाट र रामचन्द्र झा एकीकृत समाजवादीबाट प्रतिस्पर्धामा उत्रिएका छन्।
यी ठाउँमा भयो तालमेल
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र मध्य गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतन्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच यी तीन क्षेत्र बाहेकमा तालमेल भएको छ। कतै स्वतन्त्र उम्मेदवारलाई गठबन्धनले अघि सारेको छ भने कतै पाँच दलबिच भागबण्डा गरेको छ।