PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘नो नट अगेन’लाई आयोगले भन्यो राजनीतिक उद्देश्यबाट सञ्चालित, आफ्नै कदमबारेको धारणा यस्तो



पहिलोपोस्ट

‘नो नट अगेन’लाई आयोगले भन्यो राजनीतिक उद्देश्यबाट सञ्चालित, आफ्नै कदमबारेको धारणा यस्तो

काठमाडौं : निर्वाचन आयोगले 'नो नट अगेन' अभियान राजनीतिक उद्देश्यबाट सञ्चालित भएको टिप्पणी गरेको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त अभियानको गम्भीर रुपमा निगरानी भइरहेको जनाएको हो।

'स्वतन्त्र र निष्पक्ष निर्वाचनिमा व्यवधान खडा हुने भएकाले यस विषयमा गम्भीर रुपमा नियमन भइरहेको छ,' आयोगको भनाइ छ।

यसअघि आयोगले नो नट अभियनको फेसबुक पेजलाई बन्द गर्न चेतावनी दिएको थियो। बन्द नगरे १ लाख सम्म जरिवाना र १ वर्ष कैद हुने भन्दै आयोगले सचेत गराएको थियो।

आयोगको उक्त कदमको आलोचना भएपछि शुक्रवार विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गरेको हो। उम्मेदवारका पक्ष विपक्षमा जानकारी दिन बाधा नभए पनि भ्रम फेलाउन नमिल्ने आयोगको भनाइ छ। आयोगले २०७७ मा जारी भएको सामाजिक सञ्जाल उपयोग सम्बन्धि नीतिलाई पनि स्मरण गराएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell