PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

महोत्तरी भंगहा घटना : सर्वपक्षीय बैठकमा ८ बुँदे सहमति, कर्फ्यू कायमै



पहिलोपोस्ट

महोत्तरी भंगहा घटना : सर्वपक्षीय बैठकमा ८ बुँदे सहमति, कर्फ्यू कायमै

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकास्थित पररियामा दुई समुदायबिचको तनावलाई समाधान गर्न सर्वपक्षीय बैठक बसेको छ। बैठकमा ८ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको सर्वपक्षीय बैठकमा शान्ति सद्भाव कायम राख्नका लागि ८ बुँदे सहमति गरिएको हो।

सर्वपक्षीय बैठकमा शान्ति सद्भाव कायम राख्ने सहमति गरिए पनि अहिले पनि सो क्षेत्रमा कर्फ्यू कायमै रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए। बैठकमा घटनामा संलग्न दोषीको खोजी गरि कानूनी दायरामा ल्याउने सहमति भएको पहाडीले बताए।

त्यस्तै सर्वदलिय बैठकले भंगाहा नगरपालिका वडा नम्बर ८ पररियामा हिन्दु वाहिनी सेना सम्राटले छठ पर्वको अवसरमा निकालेको कलश यात्राको क्रममा असमझदारीका कारण दुई पक्षबीच उत्पन्न तनावको स्थिति साम्य पार्न घटनामा संलग्न दुबै पक्षका साथै आम नागरिकलाई शान्ति कायम राख्न आह्वान गर्ने, घटनामा भएको जनधनको क्षतिको विवरण संकलन गरी क्षतिपुर्तीको सिफारिस गर्न टोली गठन गर्ने, घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेको तत्काल उपचार खर्चकालागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए।

घटनामा संलग्न दोषी पत्ता लगाई कानूनी प्रक्रिया बमोजिम कारवाही अगाडि बढाउने, घटनाको छानविनको लागि उच्चस्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालयसँग अनुरोध गर्ने, परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद्भाव कायम गर्न सदभाव र्‍याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा सँलग्न सर्वदलिय-सर्वपक्षीय संयन्त्रले गर्ने निर्णय समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell