PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

भंगाहा घटना छानबिनका लागि गृहले गठन गर्‍यो पाँच सदस्यीय समिति



पहिलोपोस्ट

भंगाहा घटना छानबिनका लागि गृहले गठन गर्‍यो पाँच सदस्यीय समिति

काठमाडौंः गृह मन्त्रालयले महोत्तरीको भंगाहामा छठको सिलसिलामा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। गृह मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन भएको हो।

पोखरेल संयोजक रहेको समितिमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहकै उपसचिव विश्वराज मरासेनी सदस्य रहेका छन्।

समितिलाई घटना छानबिन गरी सात दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell