भक्तपुर : तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ।
काभ्रेपलाञ्चोक पनौती नगरपालिका-७ घर भई सूर्यविनायक नगरपालिका-४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी चार लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ।
चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दएको छ।