PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा



पहिलोपोस्ट

कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले संकल्पपत्र सार्वजनिक गरेका हुन्।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा संकल्प पत्र तयार पारिएको हो। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ संकल्पपत्रको मुख्य नारा रहेको छ।

संकल्पपत्र यसअघि नै सार्वजनिक गर्ने भनिएपनि पटक-पटक स्थगित हुँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell