PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'फाइनल' नभई कांग्रेसको घोषणापत्र सार्वजनिक, त्रुटि भेटिएपछि बाँडिएन 'हार्डकपी'



पहिलोपोस्ट

'फाइनल' नभई कांग्रेसको घोषणापत्र सार्वजनिक, त्रुटि भेटिएपछि बाँडिएन 'हार्डकपी'

काठमाडौं : नेपाली कांग्रेसले अन्तिम रुप नदिइ घोषणापत्र सार्वजनिक गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्र लेखन समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा सार्वजनिक भएको संकल्पपत्रलाई अन्तिम रुप भने अझै दिइएको छैन। 'संकल्पपत्र दिउँसोबाट पाइनेछ,' घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले भने। यद्यपि घोषणापत्रको हार्डकपी भोलिमात्र पाइने बताइएको छ। भोलि दिउँसो २ बजे घोषणापत्र वितरण गर्ने गरी कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम राखेको छ। घोषणापत्र निर्माण समितिका प्रवक्ता समेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले आइतवार घोषणापत्रको बारेमा सवालजवाफ समेत दिनेछन्।

सार्वजनिक गर्न ८ वटा घोषणापत्र ल्याएपनि दुई प्रतिमात्र खोलिएको थियो। सम्पादन गर्न धेरै बाँकी रहेकोले प्रिन्ट कपी बाहिर नल्याइएको बताइएको छ। 'इडिट गर्न धेरै बाँकी छ। त्यसैले अहिले नै नबाँडिएको हो,' घोषणापत्र निर्माण समितिका एक जनाले भने। कांग्रेसले हजारौं प्रति घोषणापत्र छापिएको र त्यसमा त्रुटि भेटिएपछि आज नबाँडिएको बताइएको छ।

यसअघि कांग्रेसले सम्पादन बाँकी भन्दै पटकपटक घोषणापत्र सार्वजनिकको मिति सार्दै आएको थियो।   

संसद भंग नगर्ने संकल्प

घोषणापत्र सार्वजनिक गर्दै महामन्त्री शर्माले कांग्रेसले संसद भंग नगर्ने संकल्प गरे। 'हामी संसदलाई पाँच वर्ष स्थिर राख्नेछौ,' महामन्त्री शर्माले भने।

७० वर्षदेखि निरन्तर रहेको पार्टी भएका कारण यसमा केही नवीनता थपेर घोषणापत्र तयार पारिएको उनको भनाई थियो।

'संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार' नारा तय गरी सार्वजनिक गरिएको घोषणापत्रमा खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व रहेको उनले बताए।

घोषणापत्रको मुख्य केन्द्रविन्दु सस्तो लोकप्रियता नभएर मानिस रहेको शर्माले बताए। 'हामीले मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं,' उनले भने।

'संविधानमा हामी स्वामित्व लिन्छौं। ठुलाठुला उपलब्धि कांग्रेसले ल्याएको हो, सानो सानो सुधार हामी गर्छौ,' शर्माले थपे, 'मन्त्री भएपछि सम्पत्ति सार्वजनिक हाम्रो प्रतिबद्धता हुनेछ। फोहोरलाई दीर्घकालीन समाधान ल्याउने छौ। मलको अभावलाई हल गर्ने व्यवस्था ल्याउनेछौ। भूमि समस्यालाई हल गर्नेछौं।'

घोषणापत्रलाई डा स्वर्णिम वाग्लेले व्याख्यासमेत गरेका थिए।

यस्तो छ सम्पादन गर्न बाँकी डिजिटल कपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell