PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कालिकोटमा विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते



पहिलोपोस्ट

कालिकोटमा विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते
प्रतिकात्मक तस्विर

काठमाडौं : कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विस्फोटक बस्तु पड्किँदा दुई बालिकाको मृत्यु भएको छ।

विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

तिलागुफा १० की ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै ४ वर्षीय सरस्वती रानाको पनि उपचारको क्रममा मृत्यु भएको हो। घटनामा सोही ठाउँकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विष्फोटक वस्तु पड्किँदा गम्भीर घाइते भएकाहरू बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

विस्फोट भएको वस्तु बम हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बम जनयुद्धकालमा छोडिएको वा नयाँ भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell