PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

युवाले रोजेको, बजारले खोजेको 'तरुण सीप वृत्ति' अघि सार्दै कांग्रेस : ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी



पहिलोपोस्ट

युवाले रोजेको, बजारले खोजेको 'तरुण सीप वृत्ति' अघि सार्दै कांग्रेस : ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी

काठमाडौं : नेपाली कांग्रेसले तरुण सीप वृत्ति कार्यक्रम ल्याउने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को चुनावी घोषणापत्रमा कांग्रेसले उक्त कार्यक्रम समावेश गरेको हो।

'उद्योग, निजी क्षेत्रका छाता संगठन, तीनै तहका सरकार र प्राविधिक शिक्षा एवं व्यावसायकि तालिम परिषदको सामूहिक पहलमा रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याइनेछ,' कांग्रेसको घोषणापत्रमा भनिएको छ।

उद्मम, रोजगारी र निजी क्षेत्र शीर्षकमा कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनेमा ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबीसमेत गरेको छ। यसका लागि कांग्रेस सरकारले ८ घण्टाको तीन वटा सिफ्ट लागु गरेर २४ घण्टा नै प्रमुख सहरहरु चलायमान हुने व्यवस्था गर्ने महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell