PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मनोनयन खारेज



पहिलोपोस्ट

स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मनोनयन खारेज

काठमाडौंः निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभातर्फ ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन खारेज गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो। 

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो। आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक भत्ता र अनुगमन लगायतका अन्य पारिश्रमिक लिने गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

मेडिकल काउन्सिलको उक्त पद राजनीतिक नभई निर्वाचित लाभको पद भएको आयोगको निष्कर्ष छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell