PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा



पहिलोपोस्ट

लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीलाई १-० गोलअन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डी ब्रुइनले ४९ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे। पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएका अर्लिङ हल्याण्ड चोटका कारण मैदान उत्रिएका थिएनन्।

जितका साथै १२ खेलबाट २९ अंक जोडेको सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा ११ खेलबाट २८ अंक जोडेको आर्सनल छ। १३ खेलबाट ११ अंक जोडेको लेस्टर सिटी भने तालिकाको १७ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell