PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते



रासस

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

मध्यविन्दु : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन्। सो बस आइतवार बिहान ४ बजे दुर्घटना भएको थियो। दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell