.jpg)
बुटवल : आइतवार बिहान नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन्।
पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार २ मथारमा दुर्घटना भएको हो। प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र घाइते २४ जनालाई उपचारका लागि चितवन पठाइएको छ।
दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका-९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ। बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।