PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएपछि...



पहिलोपोस्ट

प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएपछि...

गोरखा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएको छ। गोरखाको ठूलोसरामा प्रचण्डलाई स्कर्टिङ गरिरहेका गाडी सडक बारमा ठोकिएको हो।

गाडी बारमा ठोक्किएपछि विपरित दिशातर्फ फर्किएको थियो। सो क्रममा ठूलो क्षति भने भएन।

गोरखा २ मा उम्मेदवार रहेका प्रचण्ड चुनावी घरदैलोमा व्यस्त छन्। गोरखाको धारापानीमा घरदैलोका क्रममा प्रचण्डले आगामी चुनावमा दुई मोर्चा आमनेसामने हुने बताए।

‘एकातिर राजा ल्याउनुपर्छ भन्नेहरु छन्। यो गिरिजा प्रसाद कोइरालादेखि संविधानका पक्षमा लडेको मोर्चा हो,’ उनले भने।

उनले थपे, ‘अघिल्लो पटक पनि आउनुपर्‍यो भनेका थिए साथीहरुले, यसपटक गोरखा आउने अवसर जुर्‍यो। मेरो केही सपना छैन, गोरखाको विकास बाहेक।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell