PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

घडिअर्वा पोखरी नजिकै एक युवकको शव फेला



पहिलोपोस्ट

घडिअर्वा पोखरी नजिकै एक युवकको शव फेला

वीरगंज : वीरगंजको मुख्य छठघाट भनेर चिनिने घडिअर्वा पोखरी नजिकै एक जनाको शव फेला परेको छ। पर्सा प्रहरीले आज बिहान एक अपरिचित व्यक्तिको शव बरामद गरेको हो।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घडिअर्वा पोखरीको २ नम्बर गेटको नालामा उक्त शव भेटिएको हो।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीले शंकास्पद मृत्यु भएकोले युवकको बारेमा छानबिन भइरहेको र थप विवरण आउन बाँकी रहेको बताए। युवकको शव अहिले पोस्टमार्टमको लागि नारायणी अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell