PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

गोरखामा प्रचण्डको दौडधुप : स्थानीयले गरे फूलमालाले स्वागत

गोरखामा प्रचण्डको दौडधुप : स्थानीयले गरे फूलमालाले स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


गोरखा : चुनावको एउटा महत्त्वपूर्ण इपिसेन्टर हो गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोरखा २ बाट उम्मेदवार बनेपछि त्यहाँ चुनावी सरगर्मी बढ्दो छ।

गोरखा २ मा प्रचण्ड चुनावी घरदैलोमा व्यस्त छन्। उनलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए  गोरखाको धारापानीमा घरदैलोका क्रममा प्रचण्डले आगामी चुनावमा दुई मोर्चा आमनेसामने हुने बताए।

‘एकातिर राजा ल्याउनुपर्छ भन्नेहरु छन्। यो गिरिजा प्रसाद कोइरालादेखि संविधानका पक्षमा लडेको मोर्चा हो,’ उनले भने।

उनले थपे, ‘अघिल्लो पटक पनि आउनुपर्‍यो भनेका थिए साथीहरुले, यसपटक गोरखा आउने अवसर जुर्‍यो। मेरो केही सपना छैन, गोरखाको विकास बाहेक।’



ट्रेन्डिङ पोस्ट

Ncell