PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ९३ हजार रुपैयाँ



पहिलोपोस्ट

सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ९३ हजार रुपैयाँ

काठमाडौः तिहार सकिएपछि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबारका लागि सुनको बजार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको छ । गत साता तिहारले गर्दा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले  बढेर प्रतितोला  ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ। गत साता चाँदीको मूल्य ११ सय ७५ रुपैयाँबाट  बढेर प्रतितोला १२ सय १५ रुपैयाँ पुगेको थियो।

अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १६४४.७० डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.२६ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell