PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

गोरखामा बाबुरामले भने : अबको प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

गोरखामा बाबुरामले भने : अबको प्रधानमन्त्री प्रचण्ड

गोरखा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्। गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्।

'एउटै मान्छे पटक - पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ। प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको छ,'उनले भने, 'अब पाँच वर्ष सरकार चल्छ। प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ।'

गोरखा २ मा चुनावी मैदानमा रहेका प्रचण्ड शनिवारबाट चुनावी क्षेत्रमा दौडमा छन्। चुनावी दौरानमा प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा भट्टराई गोरखा पुगेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell