PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

कुरुवा बसेकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

कुरुवा बसेकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी प्रहरीको नियन्त्रणमा

वीरगंज : वीरगंजको गण्डक बाईपासमा रहेको एक अस्पतालमा एक नाबालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ। बाइपासमा रहेको स्पर्श मल्टिस्पेसालिटी हस्पिटलकै कर्मचारीबाट कुरुवा बसेकी नाबालिकालाई करणी गरेको आरोप लागेको हो।

हाडसम्बन्धी समस्याको उपचार गराइरहेका आफन्तको कुरुवा बसेकी नाबालिकालाई असोज २३ गते राति अस्पतालकै कर्मचारी आकाश मण्डलले जबरजस्ती करणी गरेको प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए।

प्रहरीका अनुसार मण्डलले अस्पतालकै शौचालयमा लगेर जबरजस्ती गरेको नाबालिकले बयान दिएकी छिन्। नाबालिकाले दिएको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। आफन्तले दिएको जाहेरीको आधारमा कात्तिक ८ गते मण्डललाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्तासमेत रहेको डीएसपी गिरीले बताए।

बिरामीलाई खाना ल्याइदिने र राति हेरचाहको लागि ती नाबालिका कुरुवा बस्दै आएकी थिइन्। अस्पताल व्यवस्थापनको लापरवाहीको कारणले यस्तो घटना भएको परिवारजनको आरोप छ।

अस्पतालका सञ्चालक महेश्वर कुर्मीले भने घटना अस्पतालबाहिर भएको दाबी गरे। प्रहरीमा उजुरी परेपछि मण्डललाई आफैले प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell