PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित



पहिलोपोस्ट

टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित
तस्बिर: आईसीसी

आईसीसी टी २० पुरुष विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा बंगलादेशले जिम्बावेमाथि रोमाञ्चक जित निकालेको छ। अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नजमुल हुसैन सान्तोले सर्वाधिक ७१ रन बनाउँदा अर्का ओपनर सौम्य सरकार डकआउट भएका थिए। त्यसबाहेक अफिफ हुसैनले २९ रन बनाउँदा कप्तान शकिब अल हसनले २३ तथा लिट्टोन दासले १४ रन बनाएका थिए। बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्वा र ब्लेसिङ मुजाराबानीले समान २ विकेट लिँदा सिकन्दर राजा र सिन विलियम्सले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे १४७ रनमा समेटियो। अन्तिम ओभरमा १६ रन चाहिएकोमा दुई विकेट गुमाएपछि जितको नजिक पुगेर पनि जिम्बावेले पराजय ब्यहोरेको हो। जिम्बावेको पारि उकास्न सिएन विलियम्सले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६४ रन बनाउन रायन बर्लले अविजित २७ रनको महत्वपूर्ण योगदान दिएका थिए। यता जिम्बावेलाई रोक्न बंगलादेशका तास्किन अहमेदले सर्वाधिक ३ विकेट लिँदा मुसद्देक हुसैन र मुस्तफिजुर रहमानले समान २ विकेट लिए।

योसँगै समूह 'बी' मा ३ खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell