
काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल पुलिस क्लबलले वाग्मती प्रदेशलाई २ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८९ रनको विशाल लक्ष्य खडा गरेको हो।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय पारि खेल्दै सर्वाधिक १०८ रन बनाउँदा ओपनर द्वय कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन बनाए। त्यस्तै आरिफ शेखल ३६ तथा योगेन्द्र सिंह कार्कीले १६ रन बनाउँदा पवन सर्राफ १५ र दीलिप नाथ १२ रनमा अविजित रहे।
बलिङतर्फ वाग्मतीका नन्दन यादवले २ विकेट लिँदा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १ विकेट लिए।
वाग्मती प्रदेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।