PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य



पहिलोपोस्ट

प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य
Photo: CAN

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी उद्घाटन खेलमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको हो।

एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले ५० रन बनाए। त्यस्तै भुवन कार्कीले २६, कप्तान शरद भेषवाकरले १६ रनको योगदान दिए।

बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिँदा शाहब आलम र कुशल मल्लले समान २ तथा जितेन्द्र मुखिया र शुसन भारिले समान १ विकेट लिए।

आर्मी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell