PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली



पहिलोपोस्ट

अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली
फाइल फोटो

काठमाडौं : काठमाडौंबाट दिल्ली उड्ने नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ। आइतवार दिउँसो १ बजेर ४५ मिनेटमा दिल्ली उडानको तालिका थियो। तर अचानक उडान स्थगित भएको जानकारी आएपछि विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए।

एयरपोर्ट समयमा नै यात्रुहरु विमानस्थल पुगेर बोर्डिङ पाससमेत लिइसकेका थिए। विमानस्थल स्रोतका अनुसार करिब २ सय यात्रुले बोर्डिङ पास लिएका थिए। अचानक उडान स्थगित भएको सुचना आएपछि दिल्लीको उडानका लागि पुगेकाहरु रोकिएका हुन्।

'नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएको थिएन। तर उहाँहरुले यात्रुलाई जानकारी नै गराउनु भएन। त्यसपछि यात्रु विमानस्थल पुगेपछि हल्लाखुल्ला भयो,' त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने।

प्रवक्ता सिटौलाका अनुसार एयरलाइन्सले तिहार अगाडि नै अनुमति नपाएको तर यात्रुलाई जानकारी गराउन ढिलो गरेको दावी गरे। नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चान खड्काले भने उडान गर्न प्रयास भइरहेको बताइन्। नागरिक उड्यान प्राधिकरणले नेपाल एयरलाइन्सलाई हप्तामा १० वटा मात्र उडान अनुमति दिएको छ। एयरलाइन्सले भने १४ वटा उडानको लागि अनुमति मागेको थियो। त्यही अनुसार टिकटसमेत बिक्री गरेको थियो। उडान अनुमति नदिँदा र समयमा यात्रुलाई जानकारी नगराउँदा यात्रु मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell