PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु देउवा



पहिलोपोस्ट

सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु देउवा

जनकपुरधाम : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले सत्ता गठबन्धनले यो निर्वाचनमा ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी छिन्। छठ पर्व दर्शन गर्न जनकपुरधाम आइपुगेकी नेतृ राणाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाँच दलीय सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी हुन्।

उनले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिइसकेकाले गठबन्धनले नै जित्ने सुनिश्चित रहेको तर्क गरिन्। सोमवार दिउँसो जनकपुरधामस्थित गंगासागरमा छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ। सोमवार बिहान आउँदो सूर्यलाई अर्घ दिने क्रममा नेतृ राणा पूर्व उप तथा गृहमन्त्री समेत रहेका काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell