PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

ऐरीको सानदार प्रदर्शनमा वाग्मती प्रदेशमाथि पुलिसको फराकिलो जित



पहिलोपोस्ट

ऐरीको सानदार प्रदर्शनमा वाग्मती प्रदेशमाथि पुलिसको फराकिलो जित
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न  खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि फराकिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले वाग्मतीमाथि १ सय ९२ रनको फराकिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८९ रनको विशाल लक्ष्य खडा गरेको थियो।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय पारि खेल्दै सर्वाधिक १०८ रन बनाउँदा ओपनर द्वय कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन बनाए। त्यस्तै आरिफ शेखले ३६ तथा योगेन्द्र सिंह कार्कीले १६ रन बनाउँदा पवन सर्राफ १५ र दीलिप नाथ १२ रनमा अविजित रहे।

बलिङतर्फ वाग्मतीका नन्दन यादवले २ विकेट लिँदा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीको प्रदर्शन सम्झन लायक रहेन। वाग्मती प्रदेश ९७ रनमा समेटिँदा ओपनर इशान पाण्डेले सर्वाधिक २४ रन बनाउँदा रामनरेश गिरीले २२ रन तथा प्रतिश जिसीले १४ रन बनाए। वाग्मतीलाई सस्तैमा समेटमा बलिङतर्फ पनि दीपेन्द्रसिंह ऐरी प्रदर्शन उच्च रह्यो। उनले पुलिसका लागि सर्वाधिक ३ विकेट लिँदा करण केसी, गुलसन झा र सागर ढकालले समान २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell