PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

आर्मीलाई हराउँदै एपीएफको सुखद सुरुवात



पहिलोपोस्ट

आर्मीलाई हराउँदै एपीएफको सुखद सुरुवात
Photo: CAN

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ५६ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले ५० रन बनाए। त्यस्तै भुवन कार्कीले २६, कप्तान शरद भेषवाकरले १६ रनको योगदान दिए।

बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिँदा शाहब आलम र कुशल मल्लले समान २ तथा जितेन्द्र मुखिया र शुसन भारिले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मी फितलो प्रदर्शन गर्दै १६३ रनमा समेटियो। आर्मीका लागि हरि चौहानले सर्वाधिक ६१ रन बनाउँदा रोहित कुमार पौडेलले ५१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा आर्मी लक्ष्यसम्म पुग्न सकेन। आर्मीलाई रोक्न एपीएफका अमर रौटेलाले सर्वाधिक ४ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा किशोर महतोले २ विकेट लिए।

आजै सम्पन्न प्रतियोगिताको अर्को खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि १९२ रनको फराकिलो जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell