PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

पार्टीभित्रैकाले रोक्दाछेक्दा पनि प्रधानमन्त्री हुँदा धेरै विकास गरें : ओली



रासस

पार्टीभित्रैकाले रोक्दाछेक्दा पनि प्रधानमन्त्री हुँदा धेरै विकास गरें : ओली

झापा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको दाबी गरेका छन्।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्षमात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले तर्क गरे। आइतवार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए। ओलीले हिजोका काम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताए।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको उल्लेख गरे। यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell