PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

गुल्मीमा जीप पल्टियो, ६ जना घाइते



पहिलोपोस्ट

गुल्मीमा जीप पल्टियो, ६ जना घाइते

बुटवल : गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बुटवलबाट गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप सत्यवती गाउँपालिका ६ स्थित रुद्रवेणी–वामी सडकखण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा बागलुङको बाटाकाचौर गाउँपालिका ३ की ४७ वर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ वर्षीया चन्द्रकला काउछा, २२ वर्षीया दिपिका काउछा, ५७ वर्षीय प्रेमबहादुर काउछा रहेका छन्। त्यस्तै चन्द्रकोट गाउँपालिका १ का १६ वर्षीया कल्पना गलामी र वडा नम्बर ४ का २८ वर्षीया कल्पना पुन रहेका छन्।

जीपमा १३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारको लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell