PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ



पहिलोपोस्ट

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरूले छठ पर्व मनाएका छन्। छठ पर्व मनाउन जनकपुरधामको तलाउहरूमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरू पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइने छ। जनकपुरधामको गंगासागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईंकुण्ड, अग्नि कुण्डलगायतका पोखरीहरूमा बिहानैदेखि श्रद्धालुहरू पुगेर धूमधामका साथ छठ मनाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell