PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

कांग्रेस उम्मेदवार बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा



निशा गुरुङ

कांग्रेस उम्मेदवार बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं मकवानपुर २ ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन्। पश्चिम मकवानपुरको मनहरि गाउँपालिका १ मकरीस्थित भूमिनन्द चोकमा कांग्रेस कार्यकर्ताले बानियाँलाई कालो झण्डा देखाएका हुन्।

बानियाँसहित नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्तौला, गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलगायतका नेताहरु मकरीस्थित एक आश्रमको कार्यक्रमका लागि जाँदै गर्दा कालो झण्डा देखाइएको हो।

यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित बानियाँले कार्यकालमा त्यस क्षेत्रमा कुनै पनि विकास नगरेको भन्दै आक्रोशित युवाहरुले विरोध प्रदर्शन गरेका हुन्। झुटा आश्वासन मात्र दिएर पाँच वर्षपछि निर्वाचनको समयमा मात्रै गाउँ फर्किएको भन्दै कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेसका क्रियाशील सदस्य विशाल उप्रेतीले बताए।

क्रियाशील सदस्यहरु विशाल उप्रेती, कृष्णप्रसाद मैनाली, सुजन बर्तौला, राम बर्तौला, उपेन्द्र पाठक, पुरुषोत्तम पराजुली, रामकुमार खड्का, लक्ष्मण बर्तौला, अनिल बुर्लाकोटी, सूर्यबहादुर पराजुलीलगायत ३० जना युवाहरुले कालो झण्डा प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell