PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड, पूजामा राष्ट्रपति पनि सरिक

छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड, पूजामा राष्ट्रपति पनि सरिक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: आज छठ पर्वको तेस्रो र मुख्य दिन। तराईमा मात्र केन्द्रित हुँदै आएको यो पर्व पछिल्ला केही वर्यषता उपत्‍यका तथा देशका अन्य भूभागमा पनि धुमधाम मनाइन लागिएको छ।

तेस्रो दिन उपत्यकाका विभिन्न जलाशयमा पनि तीर्थालुको भीड लागेको छ।

छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको कमलपोखरी र गौरीघाट पुगिन। भण्डारीले कमलपोखरी र गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्।

आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell