PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा



पहिलोपोस्ट

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा
Photo: BCCI

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ। अस्ट्रेलियास्थित पर्थ स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जसमा सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाउँदा कप्तान रोहित शर्माले १५ तथा बिराट कोहलीले १२ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुन्गी एनगिदीले सर्वाधिक ४ विकेट लिँदा वेने पार्नेलले ३ विकेट लिए। त्यस्तै एनरिच नोर्कियाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक अविजित ५९ रन बनाउँदा एइडेन मारक्रमले ५२ रन बनाए। बलिङतर्फ भारतका अस्रदीप सिंहले २ विकेट लिँदा मोहम्मद शमी, हार्दिक पाण्ड्या र रबिचन्द्रन अश्विनले समान १ विकेट लिए।

जितसँगै ३ खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका समूह २ को तालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पहिलो हार ब्यहोरेको भारत ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell