PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

फराकिलो जित निकाल्दै आर्सनल शीर्षस्थानमा



पहिलोपोस्ट

फराकिलो जित निकाल्दै आर्सनल शीर्षस्थानमा
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो।

खेलको पाँचौं मिनेटमा गाब्रिएल मार्टिनेल्लीको गोलमा अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको ४९ र ५२ औं मिनेटमा रेइस नेल्सनले गोल थप्दै आर्सनललाई सहज जिततर्फ डोहोर्‍याए। त्यस्तै थोमस पार्टेले ५७ औं मिनेटमा गोल थप्दा मार्टिन ओडेगार्डले ७८ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै १२ खेलबाट ३१ अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा २९ अंक जोडेको म्यानचेस्टर सिटी र तेस्रो स्थानमा २६ अंक जोडेको टोटेनहम हट्सपर छन्। ९ अंक जोडेको नटिङ्घम फरेस्ट भने तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell