PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो



पहिलोपोस्ट

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो
Photo: AP

भारतको पश्चिमी प्रदेश गुजरातमा पुल भत्किँदा कम्तीमा १३० जनाको मृत्यु भएको छ। मोर्बीको माचु नदीमा रहेको करिब १०० वर्ष पुरानो सस्पेन्सन पुल आइतवार साँझ भत्किँदा सयौँ मानिसहरु नदीमा खसेका थिए।

आंशिक रूपमा डुबेको पुलमा बाँचेकाहरू झुण्डिएको सामाजिक सञ्जालमा आएका भिडियोहरुमा देखिएको छ। पुलमा त्यतिबेला ४०० जना मानिस रहेको एक रिपोर्टमा जनाइएको छ। ८० जना भन्दा बढीको उद्धार गरिएको प्रदेश मन्त्री ब्रिजेश मेर्जाले बताए।

पुल मर्मतपछि पुनः सञ्चालनमा आएको केही दिनपछि नै यो घटना भएको हो। २३० मिटर (७५४ फिट) लामो औपनिवेशिक युगको सो पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिश शासनको समयमा निर्माण गरिएको थियो। स्थानीय रूपमा जुल्टो पुलको नामले परिचित सो संरचना लोकप्रिय पर्यटक आकर्षण हो।

हाल बेपत्ताहरुको खोजी र उद्धारको काम जारी छ। रातभर जारी रहेको उद्धार कार्यमा छिमेकी जिल्लाबाट आपतकालीन उद्धारकर्ताहरू पठाइएको छ।

पुल के कारणले भत्कियो भन्ने खुल्न नसकेको भएपनि दीपावलीको बिदाका कारण पुलमा भीडभाड भएको स्थानीय अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell