PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

डी ब्रुइनको लागि अन्तिम हुन सक्छ कतार विश्वकप



पहिलोपोस्ट

डी ब्रुइनको लागि अन्तिम हुन सक्छ कतार विश्वकप
Photo: Getty Images

बेल्जियमका स्टार फुटबलर केभिन डी ब्रुइनले अर्को महिनाको विश्वकप उनको अन्तिम हुनसक्ने बताएका छन्। त्यसकारण पनि आफ्ना बच्चाहरूले उनलाई सबैभन्दा ठूलो स्टेजमा प्रदर्शन गरेको देखून् भन्ने आफूले चाहेको उनले बताएका छन्

डी ब्रुइनको परिवार क्यानडा, मोरक्को र क्रोएसियाविरुद्ध बेल्जियमको समूह ‘एफ’का खेलहरु हेर्न कतार जानेछ। ३१ वर्षीय डी ब्रुइनले दुई वटा वर्ल्ड कप खेलिसकेका छन्। चार वर्षअघि रसियामा उनको टिम बेल्जियम तेस्रो भएको थियो भने २०१४ मा ब्राजिलमा क्वार्टर फाइनलमा पुगेको थियो।

उनी भन्छन्, ‘मेरो परिवार समूह चरणको खेल हेर्न जाँदैछ। म ३१ को भइसकेँ, र मलाई थाहा छैन चार वर्षमा के हुनेछ। पहिलो पटक मेरा बच्चाहरू विश्वकप हेर्न आउँदैछन्।’

उनले थपे, ‘यो विशेष हुनेछ, उनीहरुले यो पल मिस गरुन् भन्ने म चाहन्न। तिनीहरू छ, चार र दुई वर्षका भए। तिनीहरूमध्ये दुई जनाले फुटबल अलिअलि मन पराउँछन् तर छोरीले मन पराउँदिनन्।’

‘म उत्साहित छु। यो तेस्रो विश्वकप हुनेछ र यो सधैं विशेष छ। यी पलहरु उत्कृष्ट छन् किनकि सबैले यसलाई हेरिरहेका छन्। यो ठूलो इभेन्ट हो तर यसको लागि तनाव लिनुको कुनै मतलब छैन,’ उनले भने।

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले डी ब्रुइन फर्ममा फर्किएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell