PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु



रासस

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं : काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतवार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए।

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell